तराईमा हुस्सु,आज पहाडमा हल्का वर्षा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

तराईमा हुस्सु,आज पहाडमा हल्का वर्षा

काठमाडौं, ८ माघ । आज तराईका केहि भू–भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने देखिएको छ । जल तथा मौसम विभागले सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, आज राति बागमती प्रदेश र मधेश प्रदेश लगायत प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);