वर्ष दिनमै बिग्रियो सौर्य सडक बत्ति, नगर बन्यो अन्धकार ! | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

वर्ष दिनमै बिग्रियो सौर्य सडक बत्ति, नगर बन्यो अन्धकार !

मोरङ १२ पुस । सौर्य सडक बत्ति जडान गरेको वर्ष दिन नवित्दै विग्रन थालेको छ । मोरङको बेलबारी नगरपालिका र स्थानिय उपभोक्ताको लगानीमा जडान गरिएको सौर्य सडक बत्ति जडान गरेको वर्ष दिन नपुग्दै विग्रन थालेका हो ।

गत असारमा जडना गरिएको बेलबारी २ मा सौर्य सडक बत्ति दसैको छको मै केही बत्ति विग्रसकेका थिए । ४० लाख भन्दा बढी लगानीमा ४० वटा सौर्य बत्ति नगर परिसरमा जडान गरीएको थियो । ‘उज्यालो नगर अभियान’ अन्तरगत सडक बत्ति जडान गरिएको भएता पनि अहिले बत्ति नबल्दा ‘अँध्यारो नगर’ बन्न पुगेको छ ।‘प्रति सौर्य सडक बत्ति १ लाख १ हजारका दरले जडान गरी नगरपालिकालाई हस्तान्तरण गर्‍यौँ ।’ उपभोक्ता समितिका अध्यक्ष तेजप्रसाद ढकालले भन्नुभयो ,‘त्यसको रेखदेख र हेरचाह नगरपालिकाले गर्नुर्ने हो तर त्यस्तो गरेको पाइएन ।’बत्ति नबलेकाले पोल हेरेर चित्त बुझाउनु परेको दुखेसो गर्दै स्थानीय लक्ष्मण थापाले भन्नुभयो ,‘समितिलाई सोध्यो नगरपालिकाले हेर्छ भन्छ, नगरपालिकालाई सोध्यो चाँडै काम गर्छौ भन्छन। तर, मर्मतका काम भने हुँदैन !’त्यस्तै, नगरपरिसरमा जडान गरिएका सिसिक्यामेराले पनि काम नगरेपछि शान्तिसुरक्षामा चुनौती थपिएको छ ।

यता, बेलबारी नगरपालीकाका मेयर ज्ञानेन्द्र सुवेदीले भन्नुभयो नगरपरिषदको बैठकपछि मर्मत कार्यमा जुट्ने जानकारी दिएको थिए। उहाले भन्नुभयो ,‘हामीले ठेकेदारलाई भनेका छाैँ । प्रदेश र प्रतिनिधसभाको चुनाव भन्दा अगाडिनै गर्ने भने तर भ्याइएन । अव, नगरपरिषदको बैठक सकिए लगत्तै काम गर्छौ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);