पोखराबाट ल्याइएको सबै शवको पोस्टमार्टम सकिदा पहिचान भएन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

पोखराबाट ल्याइएको सबै शवको पोस्टमार्टम सकिदा पहिचान भएन

काठमाडौं ७ माघ । गत आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका सबै शवको पोस्टमार्टम सकिएको छ । ४९ वटै शवको पोस्टमार्टम सकिए पनि पहिचान भने हुन सकेको छैन ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जनाएको छ । विभागमा त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम गरेको हो ।

शुक्रबार दुई शव रसियन नागरिकको पहिचान भएको छ । रसियन नागरिकको शव आफन्तले बुझिसकेका छन् । बिहीबारसम्म २५ जनाको शव पोस्टमार्टम भएको थियो । तीमध्ये १६ शवको पहिचान भएको थियो । १६ शवमध्ये १२ शव आफन्तले बुझेका थिए ।

पहिचान भएका शवमध्ये मृतकका शरीरमा भएका ट्याटु, चेन, गहना, लुगा, घडीलगायतको सामग्रीका आधारमा पहिचान गरिएको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);