उपसभामुखको आज मतदान हुुँदै, इन्दिरा र मुक्ताकुमारी प्रतिष्पर्धामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

उपसभामुखको आज मतदान हुुँदै, इन्दिरा र मुक्ताकुमारी प्रतिष्पर्धामा

काठमाडौं, ७ माघ । आज शनिबार संघीय प्रतिनिधिसभाको उपसभामुखका लागि निर्वाचन हुने भएको छ । बिहीबार बसेको सदनको बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मितिबारे जानकारी दिएका थिए ।

उपसभामुखको निर्वाचन तालिका अनुसार  शुक्रबार उम्मेदवारी दर्ता भएको छ । उपसभामुख पदमा दुईजनाको उम्मेदवारी दर्ता भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुईजनाको मात्र उम्मेदवारी परेको हो ।

सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।

साथै, नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् । निर्वाचन शनिबार दिउँसो १ः०० बजे सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);