युद्ध कवि राईको एकल युद्ध कविताबाचन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

युद्ध कवि राईको एकल युद्ध कविताबाचन सम्पन्न

टीका खतिवडा, इलाम ९ चैत्र ।
युद्ध कवि काङमाङ नरेश राईको एकल युद्ध कविता बाचन इलाम सदरमुकाममा बुधबार सम्पन्न भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वद्र्धन समिति र अमेरिकन कर्नरको सम्युुक्त आयोजनामा भएको कार्यक्रममा युुद्ध र युुद्धले निम्त्याएका पिडालाई समेटेर तयार पारेका १६ वटा युद्ध कविताहरु सुनाएका थिए । कार्यक्रममा उनले

युद्ध कवि राईको एकल युद्ध कविताबाचन सम्पन्न

युद्ध कवि काङमाङ नरेश राईको एकल युद्ध कविताबाचन सम्पन्न टीका खतिवडा, इलाम ९ चैत्र । युद्ध कवि काङमाङ नरेश राईको एकल युद्ध कविता बाचन इलाम सदरमुकाममा बुधबार सम्पन्न भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वद्र्धन समिति र अमेरिकन कर्नरको सम्युुक्त आयोजनामा भएको कार्यक्रममा युुद्ध र युुद्धले निम्त्याएका पिडालाई समेटेर तयार पारेका १६ वटा युद्ध कविताहरु सुनाएका थिए । कार्यक्रममा उनले मृत्युको ओच्छयान, आँसु जस्तै छ युद्ध, रोइरहेका पप्पी फुलहरु, फर्किएर आउनु देश, थलिएको गोर्खाली इतिहास, विधवा पत्नी, नलेखिएको पिडा’ शिर्षकमा रहेका कविताहरु इलामे साहित्यानुरागी माझ पस्केका थिए ।

 

साथै काङमाङकै इलामेली कवि बसन्त थाम्सुहाङले काङमाङको कविता सुन्दर बन्दुक, रिता पोखरेलले बुढो सिपाही र दिवाकर भण्डारीले सिपाहीलाई प्रश्न बाचन गरेका थिए । पुर्व वेलायती सेना समेत रहेका कवि काङमाङले राणा शासन अन्त्य गर्न गोर्खाली सैनिकले गरेका योगदान र नेपाली साँगितिक र साहित्यीक क्षेत्रमा गरेका योगदानहरु लुकाइएकोमा दुःख व्यक्त गरे । उनले हाल देशको सासामयिक घटना र युद्धपछि परिवारले भोग्नुपरेका समस्याहरुलाई उठान गरेका थिए । भोजपुरमा जन्मिएका कवि काङवाङ बेलयाती सेनाका पूर्व सैनिक हुन् । हाल उनी वेलयतमा नै रहेर नेपाली साहित्य साधनामा लागेका छन् । उनका कविता संग्रहहरु र एक उपन्यास प्रकाशित छन् । उनका केही कृति अंग्रेजी भाषामा समेत प्रकाशित छन् । इलामकी तारा राईको चर्चित कृति ‘छापामार युवतीको डायरी’ लाई ‘गुरिल्ला गर्ल’ शर्षिकमा अनुवाद गर्ने तीन साहित्य साधकमध्येका राई ‘युद्धसाहित्य सिद्धान्त र सिर्जनाहरु’ कृतिका पनि सहलेखक हुन् । साहित्य लगायत विभिन्न विधामा चर्चा कमाएका ब्यक्तिहरु इलाम आएको अवसर पारेर अमेरिकन कर्नरले अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);