काठमाडौं, माघ ५ । नेपाली कांग्रेसले आइतबार पोखरामा भएको विमान दुर्घटनाबारे सदनलाई सत्यतथ्य जानकारी गराउन माग गरेको छ।
प्रतिनिधि सभाको बिहीबार बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनको कार्यसूचीमा दुर्घटनाको विषय समावेश नभएको भन्दै दुर्घटनाबारे सरकारले सत्यतथ्य जानकारी गराउनुपर्ने माग गरेका हुन्।
हवाई दुर्घटनाको विषय संसदको कार्यसूचीमा नपरेकोमा पनि उनले आपत्ति जनाए । सरकारले संसदमा सत्यतथ्य जानकारी गराउनुपर्ने उनले बताए ।