काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष सीके राउत कुनैबेला देश नै विभाजन गर्ने गतिविधिमा संलग्न रहे । चुनावमा सहभागी हुनुअघि उनले पृथकतावादी मुद्दा छाडे ।
राउतको दल जनमत पार्टी राष्ट्रिय पार्टी बन्यो । उनले लोकप्रीय मत मधेशबाट प्राप्त गरे । उपेन्द्र यादवलाई पराजित गरी चुनाव पनि जिते आफै । राउतको दल सरकारमा सहभागी हुन तम्तयार भयो । एक मन्त्री पनि पायो । तर, राउतले बुधबार कडा चेतावनी दिदै ट्वीट गरे । जसमा सरकारलाई चरम नश्लवादी भनिएको छ । मधेशले प्रतिकार गर्ने सम्मको विषय उठाए ।
राउतको पछिल्लो ट्वीट सामान्य मान्न सकिदैन । उनको यो चेतावनीसँगै तरंग आएको छ । विश्वासको मत लिंदा २६८ मतका साथ ऐतिहासिक सफलता हासिल गरेका प्रचण्डलाई राउतले पनि मतदान गरे । तर, उनको पछिल्लो असन्तुष्टिले सरकारविरुद्ध नयाँ मोर्चाबन्दीको संकेत गरेको छ । अर्कोतर्फ, मधेशमा अर्को सरकारविरोधी गतिविधिको तयारीका रुपमा बुझ्न सकिन्छ । यसले सरकारलाई फेरि चुनौती बढेको देखिदैछ ।