कांग्रेस राष्ट्रपति लिने दाउमा छः विष्णु रिमाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस राष्ट्रपति लिने दाउमा छः विष्णु रिमाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाली काँग्रेस प्रधानमन्त्रीलाई नैतिक संकटमा पारेर राष्ट्रपति लिने दाउमा रहेको आरोप लगाउनुभएको छ ।

उहाँले सभामुख/उपसभामुख र राष्ट्रपति/उपराष्ट्रपति चयन दलीय सहमतिको आधारमा हुनुपर्ने लविङमा काँग्रेस नेताहरु सक्रिय भइरहेको भन्दै नेपाली काँग्रेस राजनीति गिजोल्ने विधिबाट अघि बढीरहेको टिप्पणी गर्नुभयो ।

उपमहासचिव रिमालले सत्तारुढ दलको तर्फबाट सभामुखमा एमालेले उम्मेदवारी दिने र विजयी हुने सुनिश्चित रहेको दाबी समेत गर्नुभयो । काँग्रेसले राष्ट्रपति, सभामुख लगायतका पद सहमतिमा हुनुपर्ने कुरा गरेर नयाँ सत्ता समिकरणमाथि भाँजो हाल्ने प्रयास गरिरहेको उहाँको आरोप छ ।

आफू बाहेक अन्य दलहरुले संविधान नै बुझ्दैनन् भन्ने किसिमले काँग्रेस लागेको र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने दाउले अघि बढेको उपमहासचिव रिमालले बताउनु भयो ।

उपमहासचिव रिमालले नयाँ सत्ता समिकरणमा संशय पैदा गर्न र कर्मचारीतन्त्रलाई दुविधामा पार्न काँग्रेस अग्रसर भइरहेको उल्लेख गर्दै त्यस्ता खालको भ्रममा नपर्न पनि आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);