नवनियुक्त मन्त्रीहरुले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज शपथग्रहण गरेका छन् । नयाँ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

नेकपा एमालेले ८, नेकपा माओवादी केन्द्रले ३, रास्वपा र राप्रपाले ३/३ मन्त्रालय पाएको छ भने जसपाले भने मन्त्रालय बाँडफाँटमा असन्तृष्टि जनाएको छ । जनमत पार्टीले एउटा मन्त्रालयमा चित्त बुझाएको छ ।

एमालेबाट दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानसहित उर्जामन्त्रीमा नियुक्त भएका छन् । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे सहरी विकास र धु्रवबहादुर प्रधान कानुनमन्त्री बनेका छन्

नेकपा (माओवादी केन्द्र) बाट सूचना, सञ्चार तथा प्रविधिमन्त्रीमा रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्रीमा सुशीला श्रीपाली नियुक्त भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);