माओवादीबाट सञ्चारमन्त्री रेखा र सुदन पर्यटनमन्त्री बन्ने पक्का | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

माओवादीबाट सञ्चारमन्त्री रेखा र सुदन पर्यटनमन्त्री बन्ने पक्का

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । माओवादी केन्द्रबाट आज सांसदहरु रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने पक्का भएको छ ।

सत्तासाझेदार दलबीचको भागवण्डामा माओवादीलाई ४ मन्त्रालय परेको छ । जसमध्ये नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक तथा यातायात मन्त्री भइसकेका छन् ।

माओवादीबाट रेखा शर्मा सञ्चारमन्त्री बन्ने भएकी छिन् । उनी दाङ २ बाट निर्वाचित सांसद हुन् । उनले एमालेका नेता शंकर पोखरेललाई पराजित गरेकी हुन् ।

त्यस्तै, भोजपुरबाट निर्वाचित माओवादी नेता सुदन किराँतीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पाउने पक्का भएको छ । तेस्रो मन्त्रीको नाम भने अहिलेसम्म माओवादीले टुंगो लगाउन सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);