माओवादीबाट सुुदन किरातीसँगै तीनजना मन्त्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

माओवादीबाट सुुदन किरातीसँगै तीनजना मन्त्री बन्दै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले थप तीन सांसदलाई मन्त्री बनाउने तयारी गरेको छ । पार्टीले सांसदहरु सुदन किराती, महिन्द्र यादव र रेखा शर्मालाई मन्त्री बनाउने तयारी गरेको हो ।

प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुसँग छलफल गरेर यी तीनजनालाई मन्त्री बनाउने तयारी गरेको जनाइएको छ । सत्ता गठबन्धनबीच माओवादीबाट पाँच मन्त्री बन्ने सहमति भएको छ ।

यसअघि नै प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ बनिसकेका छन् । अब ३ जनामात्रै माओवादीबाट मन्त्रिपरिषदमा सहभागि हुन पाउछन् । किराती गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);