काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको आकस्मिक मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
विमान दुर्घटना भएको विषयमा छलफल गर्न र आवश्यक उद्धार तथा राहतको विषयमा निर्णय गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ।
यति एयरलाइन्सको विमान दुर्घटनाभएलगत्तै प्रचण्डले साढे १ बजे आकस्मिक बैठक बोलाएका थिए । दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
दुर्घटनाको बिवरण बुझ्न प्रधानमन्त्री र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुगेर घटनाबारे बुुझेका थिए ।