विमान दुुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलमा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

विमान दुुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलमा

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍्।

प्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलमा रहेको उद्दार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत बिवरण लिएका हुन । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएका हुन् ।
विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका छन्। प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारी रूपमा उद्दारमा लाग्नु निर्देशन दिएका साथै आज १ः३० बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);