माग पुरा नभए आन्दोलन गर्ने चालक समाजको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

माग पुरा नभए आन्दोलन गर्ने चालक समाजको चेतावनी

काठमाडौं, ३० पुष । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफूहरुको व्यवसाय र लगानीको सूरक्षानभएको भन्दै आपत्तिजनाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै आफ्ना १६ बुँदे मागहरु सार्वजनिक गरेको हो । समाजले अघि सारेका माग पूरा नभए कडा आन्दोलनगर्ने चेतावनी पनि दिएको छ ।

साथै, मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न पनिचालक समाजले माग गरेको छ । एकद्वार कर प्रणाली लागू गर्न पनि चालक समाजले सरकार समक्ष आग्रह गरेको छ । महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्नु पर्ने उनीहरुको माग छ । पेशा–व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि समेत सरकारको ध्यानाकर्षण गरिएको छ । साथै, चालकले लगाउनु पर्ने पहेलो ज्याकेटलाई हटाउनु पर्ने, इम्बोस नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्ने लगायतका माग चालक समाजले राखेको छ ।

चालक समाजका संस्थापकअध्यक्षसानु पूर्वछानेले अहिले सम्म विभिन्न समयमा ४३ जना ट्याक्सी चालकको हत्या भएको र उनीहरुको हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न सरकार समक्ष माग गरेका छन् । त्यसैगरी, इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरु मान्नतयार नरहेको उनले बताए ।

‘हामीलाई इम्बोस्ड नम्बर भनेर राज्यले कालो धब्बा लगाउन खोजेको छ । यसमा नेपाल सरकारको ध्यानकर्षण होस् । हामी पहेँलो प्लेटको नम्बर मान्दैनौं । हामीलाई नेपाल र नेपालको संवत् र देवनागरीमा जिपिएस फिट गरिएको नम्बर चाहिन्छ,’ उनले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);