सन्दीप शर्मा/माउण्टेन टेलिभिजन
काठमाडौं । देशमा निजामती सेवामा रहेका कर्मचारीमध्ये कतिपय विदेशमा लामो समय रहेर जागिर जोगाइरहेका छन् । उनीहरुको व्यक्तिगत तथ्यांक राखेको संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले त्यस्ता कर्मचारीहरुको एकीकृत तथ्यांङ्क राख्न सकेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य काम कर्मचारीको व्यवस्थापन हो । मन्त्रालयमा कर्मचारी सेवा प्रवेशदेखि निवृत्तिसम्मका अभिलेख राखिएको हुन्छ । यसका लागि मन्त्रालय मातहात रहने गरी राष्ट्रिय किताबखाना निजामती सञ्चालनमा छ । तर नेपालबाट कति निजामति कर्मचारीहरु अध्ययनका लागि कुन कुन मुलुक पुगेका छन्, कति फर्किए, कति फर्किन बाँकी छ भन्ने एकिकृत तथ्यांक न निजामती किताबखाना संग छ, न त सामान्य प्रशासन मन्त्रालयसंग नै छ ।
निजामती कर्मचारी ऐन बनाउनेदेखि त्यसको कार्यान्वयन गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग कर्मचारीको एकीकृत विवरण नहुनु कहाँ सम्मको बिड्म्बना हो । अध्ययन सहित भ्रमणका लागि विभिन्न मूलुकमा कर्मचारी जाँदा जुन मन्त्रालय मातहतको कर्मचारी हो त्यही मन्त्रालयले नै सुचीकृत गरेर पठाउने गर्छ । तर त्यसको बोदार्थ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती किताव खानामा पठाउने गरीन्छ । यसरी पठाईएका सुचना कर्मचारीको फाईलमा राख्नेगरीए पनि एकिकृत गरेर राख्ने गरीएको छैन । यसले गर्दा कति कर्मचारी कहाँ कहाँ छन् भन्ने सुचना मन्त्रायल संग नै छैन । अझै विदेश बाट फर्किए पछि कर्मचारी कामकाजमा फर्किएको वा नफर्किएको भन्ने सुचना त मन्त्रालय र कितावखाना दुवै ठाउँमा पुग्दैन । मन्त्रालयसंग यसबारे सूचना माग गर्दा सम्बन्धीत मन्त्रालयसंग नै बुझ्नु पर्ने तर्क गर्छन् ।
नेपालको संविधान तथा निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० ले दिएको जिम्मेवारी बमोजिम सङ्घीय निजामती सेवाको सञ्चालन व्यवस्थापन तथा अभिलेख व्यवस्थापनको काम संघीय मामिला तथा समान्य प्रशासन मन्त्रायले गर्नु पर्छ । यसरी कर्मचारी संगठन सञ्चालन गर्ने र अनुशासनमा राख्ने मन्त्रालयमै कर्मचारीकै एकिकृत सुचना नहुनु हदैसम्मको कमजोरी हो ।