काठमाडौँ– आम जनता पार्टी र नेकपा (माओवादी समाजवादी पार्टी)बीच एकता हुने भएको छ ।
पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता हुने सहमति भएको हो ।
मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिँदै रौतहट क्षेत्र नम्बर ३ बाट लगातार चौथो पटक निर्वाचित भएका साहले केहि दिन अघि मात्र पार्टी गठन गरेका थिए ।