श्रीलंकालाई ६७ रनले पराजित गर्दै ४ वर्षपछि विराट कोहलीको शतक | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

श्रीलंकालाई ६७ रनले पराजित गर्दै ४ वर्षपछि विराट कोहलीको शतक

एजेन्सी ।  विराट कोहलीको (८७ बलमा ११३ रन) शतकको आधारमा भारतले विश्वकप वर्षको पहिलो एकदिवसीय क्रिकेट जितेको छ । टोलीले तीन खेलको शृङ्खलाको पहिलो खेलमा श्रीलंकालाई ६७ रनले पराजित गरेको थियो । यो जितसँगै भारतीय टोलीले सिरिजमा १–० को अग्रता बनाएको छ । दोस्रो खेल जनवरी १२ मा कोलकाताको इडेन गार्डेनमा हुनेछ ।

गुवाहाटीको बार्सपारा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३७३ रनको विशाल स्कोर बनाएको थियो ।
जवाफमा श्रीलंकाले आठ विकेटमा ३०६ रन मात्रै बनाउन सकेन । यसका कप्तान दासुन शनाका (१०८) ले आफ्नो दोस्रो एकदिवसीय शतक बनाए । उनले ७३ बलमा कासुन रजिथासँग ९औं विकेटका लागि १०० रन जोडेर आयोजकको जितको पर्खाइलाई लम्बाइदिए ।

विराट कोहलीले ८७ बलमा ११३ रनको इनिङ खेले । उनले आफ्नो ४५औं एकदिवसीय शतक प्रहार गरे । कोहलीले चार वर्षपछि घरेलु मैदानमा शतक बनाएका छन् । कोहली बाहेक कप्तान रोहित शर्मा (८३ रन) ले आफ्नो ४७औं ओडीआई अर्धशतक बनाए । जबकि शुभमन गिल (७० रन)ले ५औं अर्धशतक बनाए । केएल राहुलले ३९ र श्रेयस अय्यरले २८ रनको योगदान दिए ।
फास्ट बलर उमरान मलिकले सही बलिङ गरे । उनले ८ ओभरमा ५७ रन दिएर ३ विकेट लिए । उमरानका अलावा मोहम्मद सिराजले २ विकेट लिए । मोहम्मद शामी, हार्दिक पाण्ड्या र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

श्रीलंकाको विकेट यसरी गिर्यो

पहिलोः मोहम्मद सिराजले चौथो ओभरको ५ औं बलमा हार्दिक पाण्ड्याको हातमा अविष्का फर्नान्डोलाई क्याच दिए।
दोस्रोः सिराजले छैटौं ओभरको तेस्रो बलमा कुसल मेन्डिसलाई बोल्ड गरे।
तेस्रोः १४ औं ओभरको अन्तिम बलमा उमरान मलिकले चरित अस्लान्कालाई राहुलको हातमा विकेटको पछाडि क्याच आउट गराए।
चौथोः २५ औं ओभरको ५ औं बलमा धनन्जय डी सिल्भालाई मोहम्मद शामीले केएल राहुलको हातमा क्याच दिए।
पाँचौंः घज्ञ औं ओभरमा उमरान मलिकले पाथुम निसान्कालाई अक्षर पटेलको हातमा मिड विकेटतर्फ कैच गराए।
छैटौंः चहलले वानिन्दु हसरंगालाई श्रेयस अय्यरको हातमा क्याच गराए।
सातौंः डुनिट भेलाल्गे (०) लाई उमरान मलिकले शुभमन गिलको हातमा क्याच गरे।
आठौंः पाण्ड्याले ३८औं ओभरमा रोहित शर्माले करुणारत्नेलाई क्याच दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);