नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट, कारोबार बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट, कारोबार बढ्यो

काठमाडौं । साताको कारोबारको तेस्रो दिन शेयरबजारमा दोरोहो अंकको गिरावट आएको छ ।

मंगलबार नेप्से २१.३५ अंकले घटेर २१९०.४२ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ०.७५ अंकले घटेर ४१९.१६ विन्दुमा आइपुगेको छ।

बजार घटे पनि कारोबार रकममा भने ७ अर्बभन्दा बढि भएको छ। २५४ कम्पनीका २ करोड ८ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड रूपैयाँभन्दा बढिको कारोबार भएको छ।

यसदिन बैंक र म्युचल फण्ड समूह सामान्य बढ्दा अन्य उपसूचक समूह भने राताम्मे भएका छन्। सबैभन्दा बढि फाइनान्स ४.३१ प्रतिशत घट्दा त्यसपछि होटल तथा पर्यटन ३.४१ प्रतिशतले घटेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);