काठमाडौं । नेपाली कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाएको छ । सम्पादन समितिको बैठक सकिएपछि मात्रै संसदीय दलको बैठक बस्ने भएको हो ।
पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेमा एक मत नभएपछि ११ बजे सम्पादन समितिको बैठक बोलाएको हो । कार्यसम्पादन समितिको बैठमा छलफल गर्ने र त्यसको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने जनाइएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
कांग्रेसको निर्णय नआएकोले प्रतिनिधि सभाको बैठक पनि २ घण्टा पछि सारिएको छ । अब संसद बैठक १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।