विश्वासको मत दिनेबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८१, शुक्रबार

विश्वासको मत दिनेबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । बैठक अहिले सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ ।

बिहान ८ बजे बोलाइएको बैठकले दाहाललाई विश्वासको मत दिने/नदिनेबारे ठोस निर्णय गर्नेछ ।

सोमबार साझ प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आफूलाई विश्वासको मत माग्न पुुगेका थिए । दाहाललाई विश्वासको मत दिन देउवा सकरात्मक देखिएको स्रोतले जनाएको छ ।

पदाधिकारीसँगको छलफलपछि बिहान ९ बजे बस्ने कांग्रेस संसदीय दलको बैठकमा देउवाले पार्टीको आधिकारिक धारणा संसदहरुसमक्ष राख्नेछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);