हेर्दाहेर्दै चुनाव लडि नसक्नु भइसक्योः चित्रबहादुर केसी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

हेर्दाहेर्दै चुनाव लडि नसक्नु भइसक्योः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हेर्दा हेर्दै चुनाव लडि नसक्नु भएको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला निर्वाचन महङ्गो भएको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

साथै, उनले जुन सुकै मूल्य चुकाएर पनि सत्तामा जाने प्रवृति बढको भन्दै यसबाट जनता खुसी नभएको बताए । ‘जनतामा नेताहरुले केहि गर्लान भन्ने आशा मरिसकेको छ,’ उनले भने ।

नेपालमा हरेका कुरा सेटिङबाट चल्ने गरेको बताउँदै केसीले गणतन्त्रको लागि लडेकाहरुबाटै गणतन्त्रलाई खतरा रहेको आरोप लगाए ।

मुलुकको अर्थतन्त्र डामालोड रहेको भन्दै संघियताका कारण देश गम्भिर मोडमा रहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);