एभेन्जर्स एन्डगेमलाई पछि पार्दै अवतार–२ हलिउडको सबैभन्दा ठूलो फिल्म बन्दै | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

एभेन्जर्स एन्डगेमलाई पछि पार्दै अवतार–२ हलिउडको सबैभन्दा ठूलो फिल्म बन्दै

एजेन्सी । बलिउड फिल्म ‘अवतार २’ रिलिज भएको २३ दिन बितिसक्दा पनि फिल्मको कमाई रोकिएको छैन् । तेस्रो शनिबार फिल्मले ७ करोड १५ लाख कमाएको छ । यस अनुसार फिल्मको कुल कमाई ३६५ करोड ३० लाख पुगेको छ । अवतार २ ले अब भारतमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्म एभेन्जर्स एन्डगेमको कीर्तिमान बनाउन खोजेको छ ।

एभेन्जर्स एन्डगेमले भारतीय बक्स अफिसमा ३७३ करोड २२ लाख कमाएको थियो। अब आउने दुई दिनमा यो फिल्म भारतमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बन्ने अपेक्षा गरिएको छ ।

सन् २०१९ मा रिलिज भएको एभेन्जर्स एन्डगेमले भारतमा कमाईका सबै रेकर्ड तोडेको छ । यसले रिलिजको पहिलो दिनमै ५० करोडभन्दा बढी कलेक्सन गरेको थियो । यसले ३७३ करोड २२ लाखको सङ्कलनका साथ आफ्नो नाटकीय दौड समाप्त ग¥यो।

अब अवतार २ सँग भ्लमनबmभ को रेकर्ड तोड्ने उत्कृष्ट मौका छ । एभेन्जर्स इन्फिनिटी वार, द जङ्गल बुक र द लायन किंग पनि भारतमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्महरू हुन्।

अवतार २ ले हलिउडका फिल्म मात्रै नभई २०२२ को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्महरूलाई पनि पछाडि छोडेको छ। ब्रह्मास्त्रले यो वर्ष हिन्दी फिल्मबाट २५२ करोड कमाएको थियो । अवतार २ ले कमाईको विषयमा ब्रह्मास्त्रलाई धेरै पहिले पछाडि छोडेको छ ।
अवतार २ डिसेम्बर १६ मा रिलिज भएको थियो । फिल्मको पहिलो शो डिसेम्बर १६ गते मध्यरात १२ बजेबाट देशका विभिन्न सहरमा सुरु भएको थियो । करिब दुई हजार करोडमा बनेको यो फिल्मको स्पेशल इफेक्ट, भिएफएक्स र ब्याकग्राउन्ड स्कोरको धेरै प्रशंसा भइरहेको छ ।
भारतमा यो फिल्म अंग्रेजी र हिन्दी बाहेक तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा पनि रिलिज भएको छ । फिल्ममा साम वाशिंगटन, जो साल्दाना, स्टीफन लाङ, क्लिफ कर्टिस र केट विन्सलेटले अभिनय गरेका छन् ।

अवतार फ्रेन्चाइजको पहिलो फिल्म सन् २००९ मा रिलिज भएको थियो। रिलिजसँगै यसले बक्स अफिसका सबै रेकर्ड ध्वस्त पारेको थियो । यो चलचित्र इतिहासमा सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म हो।

यसले विश्वभर करिब १९ हजार करोडको बक्स अफिस कलेक्सन गरेको थियो । फिल्म रिलिज भएको १३ वर्ष भइसक्यो तर कमाईको हिसाबले भने फिल्म शीर्ष स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);