बेलायती पूर्वराजकुमार ह्यारीले २५ तालिवान मारेको सनसनीपूर्ण खुलासा | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

बेलायती पूर्वराजकुमार ह्यारीले २५ तालिवान मारेको सनसनीपूर्ण खुलासा

एजेन्सी । बेलायतका पूर्वराजकुमार ह्यारीले २५ जना तालिवान सैनिकलाई मारेको खुलासा भएको छ । उनी राजकुमार छँदै अफगानिस्तानमा गोप्य रुपमा सैनिक कम्ब्याटमा पुुगेर युद्धक हेलिकोप्टर चलाएका थिए । त्यतिबेला उनले तालिवान सैनिकहरु मारिदिएका थिए ।

ह्यारी अफगानिस्तान पुुगेको सूचना चुहिएलगत्तै बेलायत फर्किएका थिए । त्यसपछि प्रकाशित तस्बिरहरुमा उनी गोर्खा सैनिकसँग देखिएका थिए । त्यतिबेला ह्यारीले तालिवान सैनिक मारेको खबर आएन । तर, उनले आफ्नो प्रकाशोन्मुख पुस्तकमा यो विषय खुलासा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ह्यारीको पुस्तकमा दाजु विलियम्सले हात छाडेको विषय पनि खुलाइएको छ । यसबाहेक उनले आमा डायनासँगको कुराकानी देखि पिता चाल्र्ससँगको सम्बन्धबारे पनि खुलाएका छन् । पुस्तकमा अफगानिस्तान द्वन्द्वमा सेनाको हेलिकप्टर पाइलटको रूपमा ह्यारीको लागुऔषध सेवन र अनुभवहरू पनि छन् ।

प्रिन्स ह्यारीको आत्मकथा, स्पेयरबाट यी कुराहरु लीक भएको हो । बीबीसी न्यूजले स्पेनमा स्पेयरको प्रतिलिपि प्राप्त गरेको र यसलाई अनुवाद गर्न लागेको दाबी गरेको छ ।
गार्जियनले पुस्तकको प्रतिलिपि प्राप्त गरेको भन्दै बिहीबार बिहान एउटा अंश प्रकाशित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);