काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्ने बताएका छन् ।
सरकारको अंकगणितको लागि लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्नसक्ने उनको दाबी छ ।
२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम बिर्सन नहुने उनको तर्क छ ।
उनले लेखेका छन्,‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ! सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घाककटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ। २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं!’