सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ स्थगित

काठमाडौं । किशोरी बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदन सुनुवाईका लागि आजलाई तोकिएको पेशी स्थगित भएको छ ।

सन्दीपकै कानुन व्यवसायीले पेशी स्थगित गरेका हुन् ।

पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाईको मुद्दा आज राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलास तोकिएको थियो ।

यस अघिको पहिलो पेशी सन्दीप पक्षका कानुन व्यवसायीहरुले स्थगित गरेका थिए । दोस्रो दिन हेर्न नभ्याइनेमा राखिएको थियो । सन्दीपलाई गत असोज २० गते पक्राउ गरेर काठमाडौं जिल्ला अदालतले फैसला

नहसुन्जेलसम्मका लागि थुनामा पठाउने आदेश दिएको थियो । सन्दीपले भने थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका छन् ।

सन्दीपको पक्षमा क्रिकेटरहरु बोल्न थालेका छन् । बुधबार शरद भेषावकर र आरिफ शेखले सामाजिक सञ्जालमार्फत सन्दीपले न्याय पाउनुपर्ने माग गरेका थिए ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);