रोकियो लाइसेन्स ट्रायलको ७० अंक प्रणाली | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

रोकियो लाइसेन्स ट्रायलको ७० अंक प्रणाली

काठमाडौं । सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’को ट्रायल लागु गर्ने अन्तिम तयारी भइरहदा पुनः रोक लगाइएको छ । बुधबारदेखि लागुहुने तयारीमा रहेको ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली बाग्मती प्रदेश मुख्यमन्त्री काार्यालयले रोक लगाएको हो ।

मुख्यमन्त्री कार्यालयले उक्त प्रणालीका विषयमा अध्ययन गर्न श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गर्दै तत्कालका लागि सो प्रणाली लागु नगर्न निर्देशन दिएको हो । समितिले उक्त प्रणाली कसरी लागु गर्न सकिन्छ भन्नेबारे एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

यो प्रणाली तीन प्रदेशहरु प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा लागु भइसकेका छन् । तर बाग्मतीमा भने यो मूख्यमन्त्री कार्यालयको तेस्रोपटक हस्तक्षेप हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);