उपरथी प्रेम शाहीबारे 'कोटअफ इन्क्वारी' गर्न उच्चस्तरीय समिति गठन | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

उपरथी प्रेम शाहीबारे ‘कोटअफ इन्क्वारी’ गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । शक्तिको दुरुपयोग गरेर आर्थिक हिनामिना गरेको आरोप लागेका नेपाली सेनाका उपरथी प्रेम शाहीबारे छानबिन गर्न उच्चस्तरिय समिति गठन भएको छ ।

हाल प्रहरीको हिरासतमा रहेका शाहीबारे कोटअफ इन्क्वारी गर्न उपरथीको अध्यक्षतामा सैनिक मूख्यालयले समिति गठन गरेको हो । छाउनी अस्पताललगायतका विभिन्न युनिटमा शाही कार्यरत रहँदा आर्थिक अनियमितता गरेको उजुरीबारे छानबिन भइरहेको हो ।

तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाको सैनिक सहायक भएर बसेका शाहीले शक्तिको दुूरुपयोग गरी छानबिन प्रक्रिया अघि बढ्न नदिएको समेत उनीमाथि आरोप लागेको छ ।

उनका दूूई जन्म मिति झन् विवादित भएका छन् । बुधबारबाट उपरथीको ५८ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका शाही शैक्षिक प्रमाणपत्र भन्दा नागरिकताका आधारमा कम उमेर भएको दाबीसहित सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चको अन्तरिम आदेशअनुसार सोमबार हाजिर हुन मुख्यालय पुगे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);