झापामा कबड्डी खेल्नेक्रममा विद्यार्थीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

झापामा कबड्डी खेल्नेक्रममा विद्यार्थीको मृत्यु

दमक । कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका–४ घर भई दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको मृत्यु भएको हो ।

विद्यालयले बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए । उनको उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार भोटे संखुवासभा जिल्लास्तरीय कबड्डी खेलाडी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);