‘स्पट फिक्सिङ’ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनायोः पारस खड्का | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

‘स्पट फिक्सिङ’ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनायोः पारस खड्का

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले म्याच फिक्सिङको निष्पक्ष छानबिन गरी कडा कारबाहीको माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै यस्तो माग गरेका हुन् ।

‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थियो’, उनले लेखका छन्, ‘यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी २० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ ।’

उनले यस घटनाले खेलाडी तथा खेलप्रेमीहरुलाई चोट पुर्याएको भन्दै घटनाको छानबिन गरी कारबाही हुनुपर्ने उनले बताएका छन् ।

‘यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाइ कडा कारवाही गरियोस्’, खड्काले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);