निर्वाचन आयोग विरुद्ध सर्वोच्च पुगे बालेन साह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्वाचन आयोग विरुद्ध सर्वोच्च पुगे बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र(बालेन) साहले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।

तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा खर्च विवरण बुझाएनन् । तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

‘३० दिने म्यादको अन्तिम दिनमा विदा परेकाले त्यसको लगत्तै अड्डा खुलेको पहिलो दिनमा विबरण पेश गर्न सकिने कानूनी आधार रहेको हुँदा सोही बमोजिम खर्च विबरण पेश गरेको थिए,’ सर्वोच्चमा पेश गरिएको रिट निवेदनमा भनिएको छ ।

उक्त जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने कानुन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);