काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखकलाई मनोनित गरेको छ ।
सभापति शेरबहादुर देउवाले लेखकलाई संसदीय दलको प्रमुख सचेतकमा विधानको धारा १३ (१) अनुसार मनोनित गरेका हुन् ।
नेता लेखक कञ्चनपुर क्षेत्र–३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।