काठमाडौं । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण बुझाउन निर्देशन दिइएको छ ।
पार्टी अध्यक्ष डा. सीके राउतले कार्यप्रगतिको विवरण ७ दिनभित्र सचिवालयमा उपलब्ध गराउन पत्र पठाएका हुन् ।
जनसरोकारका विषयहरूको सम्बोधन, कार्यकर्ताहरुसँगको समन्वय, के कस्ता कार्यक्रमहरु सञ्चालन भए भन्नेबारे जानकारी जराउन जनमत पार्टीले आफ्ना प्रतिनिधिलाई भनेको छ ।