काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को आज पनि स्थायी समितिको बैठक जारी छ । आजको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागिताको विषयमा टुंगो लाग्ने जनाइएको छ ।
वर्तमान सरकारमाथिको दृष्टिकोण, आगामी दिनका राजनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भइरहेको स्रोतले जनाएको छ ।
शनिबार बसेको बैठकमा अध्यक्ष माधव नेपाल र झलनाथ खनालसहित १८ जना नेताले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।