एजेण्डा विहिन सरकारमा नेकपा एस सहभागी हुँदैन् : नेता खनाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

एजेण्डा विहिन सरकारमा नेकपा एस सहभागी हुँदैन् : नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता प्रेमलकुमार खनालले तत्कालका लागि सरकारमा जाने सम्भावना नभएको बताउनु भएको छ ।

नेता खनालले माउण्टेन टेलिभिजनबाट प्रसारण भएको ‘माउण्टेन संवाद’पत्रकार खगेन्द्र विष्टसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

अहिलेको सत्ता समिकरणलाई खिचडीको संज्ञा दिँदै खनालले नीति एजेण्डा विहिन सरकारमा अहिले आफ्नो पार्टी सहभागी नहुँने प्रष्ट पार्नुभयो ।

तत्कालीन वाम लोकतान्त्रिक गठबन्धन देशको हितमा भएको तर कांग्रेसको अहंकार र माओवादी केन्द्रको सत्ता स्वार्थ र अवसरवादी चरित्रले टिक्न नसकेको उहाँको जिकिर छ ।

‘अहिलेको गठजोड लोकतन्त्र विरोधी,चरम अवसरवादी र प्रतिगमनकारीहरुको संयोजन हो। यो सरकारबाट राज्यले सुशासन, विकास पाउँछ भन्नु भ्रम मात्र हुनेछ ।’–उहाँले भन्नुुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);