काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ लिएका छन् ।
प्रहरी महानिरीक्षक,अतिरिक्त महानिरीक्षक,नायब निरीक्षकहरुसहितको टोलीबाट गृहमन्त्री लामिछानेले ब्रिफिङ लिएका हुन् ।
लामिछनेले निर्मलालाई न्याय दिलाउन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेका थिए ।