‘जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए’ | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

‘जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब भेटघाट, फुलमाला, खादा, गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको बताएका छन् ।

मन्त्रीको सपथ लिएपछि पहिलोपटक आज सामाजिक सञ्जालमार्फत बोल्दै लामिछानेले यस्तो बताएका हुन् । आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारीता भएको भन्दै लामिछानेले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।

साथै, उनले जीवनमा आलोचकहरु भएका कारण सुखद यात्राहरु सम्भव भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो । सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँ बाट धन्यवाद ट्क्र्याएको छु। अब भेटघाट, फुलमाला, खादा, गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ । हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द छन् । हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं । हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला।ँ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);