राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाइ शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छिन् । इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको उपलक्ष्यमा शुभकामना सन्देश दिदैं राष्ट्रपति भण्डारीले यस्तो कामना गरेकी हुन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु-स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।
आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ-आफ्नो स्थानबाट सक्दो योगदान गर्नसकेमा नेपालको चौतर्फी प्रगति छिटो हुने उनको विश्वास छ ।