काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् ।
काठमाडौंमा अपाटमेन्टमा बस्दै आएका लामिछाने आज पुजापाठ गरेर सरकारी निवास सरेका हुन् । रवि सराकारी निवासमा पुग्दा नेपाली सेनाले सलामी दिएको थियो ।
गृहमन्त्रीको प्रमुख स्वकिय सचिव दिपक बोहोरोले यसबारे जानकारी दिएका छन् । उनले सेनाले सलामी दिँदा पिर्कामा भने नराखिएको बताएका छन् ।




