काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र रहेका प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् ।
गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा रौतहट–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका साह नयाँ पार्टीका लागि उनले आफूनिकट नेताहरुसँग छलफल गर्दै आएका छन् ।
नयाँ पार्टीबारे जानकारी दिन बिजुली बजारस्थित क्रिष्टल प्यालेसमा दिउँसो ३ बजे आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।




