क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन पेसी आज, आउँला त आजै फैसला ! | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन पेसी आज, आउँला त आजै फैसला !

काठमाडौं । किशोरी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खेलाडी सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज परेको छ ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका लामिछानेको आज पाटन उच्च अदालतमा पेसी हुने भएको हो ।

मुद्दाको बहस हुने र आजै फैसला आउन सक्ने स्रोतले जनाएको छ ।

गत साता नै पेसी तोकिएको भएपनि सन्दीप पक्षका वकिलहरुले नै स्थगित गरेका थिए ।

पीडित किशोरीको जन्मसम्बन्धि प्रमाण जुटाउन गत पुस १२ गते काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

पीडित किशोरी नाबालिग भनिएपनि किशोरी १८ वषै नाघेको सन्दीप पक्षका वकिलहरुले दाबी गर्दै आएका छन् ।

अदालतले क्रिकेटर दव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाएर बकपत्र गराउन पुस २५ गतेसम्मको समय दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);