कुन पार्टीको भागमा कति मन्त्रालय ? | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

कुन पार्टीको भागमा कति मन्त्रालय ?

काठमाडौं । मन्त्रालय बाँडफाँटका लागि बुधबार बोलाइएको सत्ता साझेदार दलहरुको बैठक स्थगित भएको छ ।

तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

एक नेताका अनुसार मन्त्रालय भागवण्डाको प्रारम्भीक खाका बनेको छ । जसअनुसार गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ९ देखि १० वटा मन्त्रालय पाउनसक्छ । यद्यपि एमालेको दाबी १२ वटा मन्त्रालयमा छ । उसले अर्थ मन्त्रालय लिइसकेको छ भने मन्त्रालय नटुंगिएका कारण एमालेबाट मन्त्री भएका तीन जनाले मन्त्रालय पाएका छैनन् ।

यस्तै ७ मन्त्रालय दाबी गरेको माओवादीले ५ वटा पाउने सम्भावना छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनिसक्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुनुहुन्छ । रास्वपाको दाबी ५ वटा मन्त्रालयमा छ । एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको छ । त्यसो भएमा जसपा र जनमत पार्टीले भने २–२ वटा मन्त्रालय पाउने सम्भावना देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);