देश/समाज

कांग्रेसको अहंकार र माओवादीको सत्ता स्वार्थले गठबन्धन टुट्यो : नेता पाण्डे

काठमाडौँ, पौष १३। नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले नयाँ सत्ता समिकरणमा आफ्नो पार्टी पनि  सहभागी हुने संकेत गरेका छन् ।

एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य समेत रहेका नेता पाण्डेले देशलाई अनिर्णयको बन्दिमा राख्नु नहुने भन्र्दै विषेश परिस्थितिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग सहकार्य हुन सक्ने बताएका हुन् ।

माउण्टेन टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘माउण्टेन संवाद’मा पत्रकार खगेन्द्र विष्टसँग कुरा गर्दै पाण्डेले सात दलिय सत्ता गठबन्धन राष्ट्र हितको एजेण्डमा अघि बढ्छ भने आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने उनले स्पष्ट पारे । अहिलेको जनमतले सबै दलहरु मिलेर राष्ट्र विकासका लागि अघि बढ्न निर्देशन दिएको भन्दै अब कुनै पनि पार्टीलाई यो जिम्मेवारीबाट भाग्ने छुट नभएको समेत उनको तर्क छ।

फरक प्रसंगमा बोल्दै पाण्डेले तत्कालिन सत्ता समिकरण टिक्नु नसक्नुको कारण कांग्रेसको ठूलो पार्टी भएको अहंकार र माओवादीको सत्ता स्वार्थ भएको जिकिर गरे।

 

Related Post
Share

This website uses cookies.