कांग्रेस भित्रको असन्तुष्टि छताछुल्ल ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेस भित्रको असन्तुष्टि छताछुल्ल ( भिडियो रिपोर्ट )

सन्दीप रिजाल \ माउण्टेन टिभी एचडि।

काठमाडौँ, पौष १३। नेताहरु अन्तिम समयसम्म गठबन्धन नतोडिने र सरकार आफूहरुले नै बनाउने दाबी गरिरहेका थिए । छलफलहरु घनीभूत भइरहेका थिए । केपी शर्मा ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री

बनाउनेदेखि स्थानीय हुँदै संसदको चुनावसम्म गठबन्धन कायमै रहनुले अझै केही वर्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनकै सरकार बन्ने आँकलन भएको थियो ।

तर, केही घन्टाभित्रै सत्ता राजनीतिको उथलपुथलले गठबन्धनको डोरी चुडियो । यसको मुख्य कारण थियो कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने चर्को प्रतिष्पर्धा ।
गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस भित्र असन्तुष्टि प्रकट भइरहेको छ । सामाजिक सञ्जालदेखि विभिन्न माध्यममार्फत काँग्रेसका प्रभावशाली नेताहरु नै देउवा र उनको आलोचना गरिरहेका छन् । आलोचित हुनेहरुमा देउवा कोटरीका मानिएका आरजु राणा देउवादेखि विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की समेत छन् ।

यो अवस्था आउनुमा कांग्रेसको नेतृत्वदायी भूमिकामा रहेका नेताहरुको नै प्रमुख हात रहेको र यसको जस वा अपजस पनि नेतृत्वले नै लिनुपर्ने कांग्रेस नेताका नेता कार्यकर्ताको भनाइ छ।

पार्टीभित्र आफू र निकटस्थमाथि आक्रोश बढ्दै जाँदा देउवा र उनका विश्वासपात्रहरु मौन छन् । तर, आन्तरिक प्रतिद्वन्द्वीको सामना गर्न देउवालाई सजिलो छैन । प्रभावशाली नेता शेखर कोइराला माओवादीसँगको गठबन्धनकै विरोधी थिए। त्यसमाथि देउवाले प्रधानमन्त्रीको हठ राखेकाले सबै गुमेको बुझाई अर्का नेता रामचन्द्र पौडेलको पनि छ । देउवालाई अबका दिनमा पार्टीभित्रको असन्तुष्टिको सामना गर्न कठिन छ । विशेषगरी पुस्तान्तरणको आवाज बोकेको युवापुस्ताको कडा सामना गर्नुपर्ने देखिन्छ ।

कतिपय नेताहरुले नेतृत्वले राजीनामा दिएर विशेष महाधिवेशनको समेत माग उठाउन थालेकाले संस्थापन पक्षलाई रक्षात्मक अवस्थामा पु¥याइ दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);