खुमलटारबाट बालुवाटार सर्दै प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

खुमलटारबाट बालुवाटार सर्दै प्रचण्ड

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बेलुका ५ बजे सरकारी निवास बालुवाटार सर्दैछन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आज धुम्बाराही सरेपछि  प्रचण्ड बालुवाटार सर्न लागेका हुन् ।

आज नै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट भाडाको घरमा सरेका छन् ।

देउवाको बुढानिलकण्ठमा रहेको घरमा मर्मत भइरहेको छ । मर्मत हुन चार महिना लाग्ने जनाइएको छ ।

बालुवाटारमा आज सरसफाइ गरिनेछ ।

Leave a Reply