काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पदपुर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
एक सुचना जारी गर्दै केन्द्रले करार सेवामा ११ औं देखि छैटौं तहसम्मका कर्मचारीको लागि आवेदन माग गरेको हो ।
केन्द्रले प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिस्ट, सिनियर कन्सल्टेन्ट प्याथालोजिष्ट, सिनियर कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट लगायतका पदहरुमा दरखास्त आह्वान गरेको छ ।
सुचना प्रकाशित भएको २१ दिन भित्र दरखास्त दिन केन्द्रले आग्रह गरेको छ ।