सांसद टेकबहादुर गुरुङ प्रतिनिधि सभा बैठकमा जान नपाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

सांसद टेकबहादुर गुरुङ प्रतिनिधि सभा बैठकमा जान नपाउने

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ प्रतिनिधि सभा बैठकमा उपस्थित हुन नपाउने भएका छन् ।

गुरुङलाई निलम्बित गरेको पत्र संसद सचिवालयले जारी गरेको छ ।

संघीय संसद सचिवालयले सोमबार एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको मुद्दा किनारा नलागेकाले सांसद गुरुङ स्वतः निलम्बनमा परेको जनाएको छ ।

गुरुङ विरुद्धको भ्रष्टाचारको मुद्धा विचाराधिन रहेको छ । गुरुङ मनाङबाट निर्वाचित भएका हुन् । प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);