काठमाडौं । सरकारले कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेललाई नियुक्त गर्ने भएको छ ।
पोखरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायधिवक्ता नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
पोखरेलले आज राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिनेछन् । पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् ।