वैकल्पिक शक्तिलाई सुरुमै ठूलो पद दिएर तुरून्तै अवसान गराउने खतरा देखियोः भिमार्जुन आचार्य | ईमाउण्टेन समाचार

Our Network

माघ ४ २०८१, शुक्रबार

वैकल्पिक शक्तिलाई सुरुमै ठूलो पद दिएर तुरून्तै अवसान गराउने खतरा देखियोः भिमार्जुन आचार्य

काठमाडौं । संविधानविद भिमार्जुन आचार्यले वैकल्पीक शक्तिको अवसान हुने खतरा देखिएको बताएका छन् ।

रवि लामिछानेले गृहमन्त्रीमा पदभार ग्रहण गरेपछि आचार्यले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

‘नयाँ र वैकल्पिक शक्तिको रूपमा मतदाताहरूले प्रतिनिधिसभामा देख्न चाहेका कतिपय अनुहारलाई ठूला भनिएका दलहरूले प्रारम्भ मै ठूलै पदमा आसीन गराएर जनताको यो आशालाई तुरून्तै अबसान गराउने खतरा देखियो । केही समय धैर्यता राखेको भए के नै बिग्रन्थ्यो होला र ? यो त अरू लाभ लिने भन्दा पनि आफूलाई जनप्रतिनिधि कै रूपमा तिखार्ने र निखार्ने समय पो हो । यसतर्फ नयाँहरू को ध्यान जाओस । हेक्का रहोस् तपाईहरूका लागि यो नै अन्तिम अवसर पनि हुन सक्छ,’ उनले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);