पाकिस्तानी समकक्षीद्धारा प्रचण्डलाई बधाई | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ४ २०८१, आइतबार

पाकिस्तानी समकक्षीद्धारा प्रचण्डलाई बधाई

काठमाडौं ।  प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् । सोमबार एक ट्वीटमार्फत् प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ ।  यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’ ।

यसअघि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मुलुकहरुले बधाई दिइसकेका छन् । भने नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले पनि प्रचण्डलाई बधाई दिएका छन् । नवनियुक्त प्रधानमन्त्रीले आज सोमबार साँझ पद तथा गोपनियताको शपथ लिने कार्यक्रम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);