काठमाडौं, ११ पौष । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको भए पनि सोमबार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । भने आइतबार पनि सोही मुल्यमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबारमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।